महरासँग बयान : के भने रोसनीसँगको सम्बन्धका विषयमा

काठमाडौं ४ कार्तिक । बलात्कार प्रयास आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले थप पाँच दिन म्याद थप गर्न अनुमति दिएको छ । जिल्ला न्यायाधीश बाबुराम सुवेदीको एकल इजलासले प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको हो । सरकारी वकिल कार्यालयमा करिब चार घण्टाको बयान सकिएपछि महरालाई थुनछेक बहसका लागि जिल्ला अदालत काठमाडौं लगिएको थियो ।

महराको अनुसन्धान नसकिएको भन्दै सात दिन म्याद थप गर्न सरकारी वकिल कार्यालयले अनुमति मागेको थियो । यसअघि २८ असोजमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको एकल इजलासले महरालाई अनुसन्धानका लागि तीन दिन थुनामा राख्न अनुमति दिएको थियो ।१२ असोजको साँझ तीनकुनेस्थित रोशनीको डेरामा पुगेका महराले राति पौने ९ बजे आफूमाथि यौन दुराचार तथा कुटपिट गरेको उनले आरोप लगाएकी थिइन् । पीडित महिलाले आरोप लगाएसँगै महराले १३ असोजमा सभामुख पदबाट राजिनामा दिएका थिए ।

सभामुखको राजिनामा पछि पीडित भनेकी महिलाले पटक पटक बयान फेर्दै आइरहेकी छिन् । रोशनीले घटनाको ६ दिनपछि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा बलात्कारको प्रयास तथा कुटपिट गरेको उल्लेख गर्दै महराविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । सोही किटानी जाहेरीको आधारमा प्रहरीले महरालाई पक्राउ गरेको थियो ।

पार्टी एकता गर्दा ताका नै अध्यक्षद्धय ओली र दाहालबीच आलोपालो सरकारको नेतृत्व गर्नेबारे भद्र सहमति भएको थियो । तर, उक्त सहमतिलाई गोप्य राखिएको थियो । उक्त सहमतिअनुसार ओलीले अढाई वर्ष र प्रचण्डले अर्को अढाई वर्ष सरकारको नेतृत्व गर्ने भनिएको छ । ओलीले सरकारको नेतृत्व गरेको करिब २२ महिना भैसकेको छ । तर, ओलीले सजिलै सरकारको नेतृत्व प्रचण्डलाई सुम्पिने छाँटकाँट देखाएका छैनन् । त्यही भएर प्रचण्डलाई छट्पटी भैरहेको छ । सार्वजनिक कार्यक्रममै प्रचण्डले बेला बेलामा ओलीलाई घुर्काउने गरेका छन् ।

पछिल्लो समय ओलीले प्रचण्डविरुद्ध कडा अभिव्यक्ति दिएका छन् । उनले आफूले त्यति सजिलै सरकारको नेतृत्व प्रचण्डलाई नसुम्पिने आशयको अभिव्यक्ति दिएका छन् । यो सँगै प्रचण्ड झनै ओलीसँग रुष्ट बनेका छन् । हिजोमात्रै पनि ओलीलाई बालुवाटारमै पुगेर प्रचण्डले आफ्नो असन्तुष्टि पोखे । उनीहरुबीच करिब तीन घण्टा छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *