मनिषा कोइराला बारे मुख खोलिन ऐश्वर्याले, भन्छिन- नयाँनयाँ पुरुष फेर्थिन

काठमाडौं- बलिउडमा चलेका कलाकारबीचको सम्बन्ध राम्रो नभएको विश्लेषण हुन्छ । नायक नायिका सबैमा यही कुरा लागू हुने मिडियाहरुले उल्ले गरेका छन् । नायिकाहरु मनिषा कोइराला र ऐश्वर्या रायबीच पनि यस्तै सम्बन्ध रहेको भारतीय मिडियाको दाबी छ ।

नायिका मनिषा बारे ऐश्वर्याले पनि खुलेरै टिप्पणी गरेको खबर अहिले एकाएक बाहिर आएको छ । बलिउडमा मनिषा कोइराला र ऐश्वर्या राय ९० को दशकका चर्चित नायिका हुन्। त्यो बेलाको विवादको पक्षमा भारतीय सञ्चार माध्यमले अहिले चर्चा परिचर्चा थालेका छन्। राजीव मुलचंदानी मनिषासंग नजिक भएपछि यी दुई नायिकाबीच विवाद आएको थियो।

ऐश्वर्याको राजीव मुलचंदानीसंग अफेयर रहेको बताइएपनि उनले स्वीकार भने कहिल्यै गरिनन्। सलमान खान र विवेक ओबरोय भन्दा पहिले उनको राजीव मुलचंदानीसंग अफेयर रहेको बताइएको थियो। उनले आफ्नो नाम मनिषाले जबरजस्ती राजीवसँग जोडिदिएको तर्क गरिन्।

सन् १९९९ मा ऐश्वर्याले मनिषामाथि निकै गम्भीर आरोप लगाएकी थिइन् र एक म्यागजिनलाई दिएको अन्तरवार्तामा ऐश्वर्याले भनेकी थिइन् ‘राजीव र ऐश्वर्याको सम्बन्ध टुटेको भन्दै एक मिडियामा समाचार आएपछि मैले यसबारे राजीवलाई सोधेकी थिएँ।

भारतीय सञ्चार माध्यमले अहिले पनि मनिषा र ऐश्वर्याका विभिन्न पक्षका समाचार सार्वजनिक गरेका छन्।राजीव मेरो राम्रो साथी हुन् र म राजीव र मनिषाको लभस्टोरीमा दखल दिन चाहन्न। त्यतिबेला मैले थाहा पाएँ कि राजीव र मनिषा छुट्टिइसकेका छन्। मनिषा अर्कै युवकलाई डेट गर्दै थिइन्। मनिषा हरेक महिना नयाँ केटासँग हुन्थिन्।

ऐश्वर्याले अगाडि भनिन् ‘समय बित्यो, म मिस वर्ल्डको तयारीमा लागें। मिस वर्ल्ड भएपछि म भारत आएँ र मनिषाको तमिल फिल्म बाम्बे हेरें।१ अप्रिलमा म मुम्बइ पुगें त्यही बेला राजीवले मलाई फोन गरे। मैले राजीवसँग भनें कि मनिषाले बाम्बेमा राम्रो काम गरेकी छिन् म उनलाई बधाइमा फूल पठाउन चाहन्छु।

मेरो कुरा सुनेर राजीव हाँसे र मलाई उल्टै सोधे कि अखबार पढेकी छैनौ ?’ त्यतिबेला समाचारमा मनिषाको हवाला दिँदै लेखिएको थियो कि मनिषाले राजीव मुलचंदानीले ऐश्वर्यालाई लेखेका केही चिठी भेट्टाएकी थिइन्।
चिठी राजीवकै ह्याण्डराइटिङमा थिए। त्यसपछि यी दुईको सम्बन्ध राम्रो हुन सकेन। अहिले पनि मनिषा र ऐश्वर्याबीचको सम्बन्ध दरारपूर्ण रहेको भारतीय सञ्चार माध्यमको दावी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *