मनमुटाव भएपछि ओली र प्रचण्ड अलग्गीदै, आ–आफ्नै बाटो हिँड्ने !

काठमाडौं– सत्तारूढ दल नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच चिसो बढेको छ । दुई अध्यक्षबीच दुरी बढेपछि अहिले उनीहरु आ–आफ्नै रणनीति बनाउन लागि परेका छन् । पार्टी एकता गरेको १७ महिनामै उनीहरु आ–आफ्नै रणनीति बनाउन लागि परेका हुन् ।

एकता प्रक्रियाबाट अलग हुँदा नकारात्मक सन्देश जाने र तत्काल विभाजनको पनि सम्भावना नदेखेपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रणनीति बदलेका हुन्। ओलीले नेताहरुको कार्यविभाजन गर्दा आफ्नो अनुकूल बनाउने, रिक्त सभामुख चयनमा प्रचण्डलाई विश्वासमा लिएर जाने योजना बनाएका छन् भने प्रचण्डले पार्टीको संगठन, प्रतिपक्षीसँगको सम्बन्ध विकास र अन्तर्राष्ट्रिय सम्बन्ध मजबुत बनाउने रणनीति लिएका छन्।

एकता भएको छोटो अवधिमै अध्यक्ष तथा प्रधानमन्त्री ओलीको ‘कार्यशैली’लाई लिएर सतहमा देखिनेगरी दूरी बढेपछि प्रचण्डले नयाँ रणनीति तय गरेका हुन्।चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा उनले दिएका पाँच सुझाब कार्यान्वयन गराएपछि मात्रै पार्टीमा आफू बलियो हुन सक्ने प्रचण्डको विश्लेषण छ।

प्रधानमन्त्री ओली भने प्रचण्ड असन्तुष्टिपछिको अबस्था विश्लेषण गरेर नयाँ रणनीति बनाउन थालेका छन्। तर, बाहिरबाट हेर्दा प्रचण्ड र ओलीले आइतबार र सोमबार बालुवाटारमा भेटवार्ता गरेर कुनै दूरी नबढेको सन्देश दिन खोजेका छन्। ओलीलाई भेटन् शनिबार बालुवाटार नगएका प्रचण्ड आइतबार भने ओलीसँग बालुवाटारमा गएर झण्डै दुई घण्टा छलफल गरे।

त्यसपछि सोमबार पनि ओली र प्रचण्डबीच आधा घण्टा छलफल भयो। पछिल्ला छलफल रणनीति अन्तर्गत नै भएको बालुवाटार स्रोतले जनाएको छ।नोटमा रहने सुरक्षण धागो (सेक्युरिटी थ्रेड)बारे जानकार हुन जरुरी छ । सक्कली नोटमा कागजको नोट बन्दा नै सुरक्षण धागो (नोटमा टल्कने धागो) माथि अक्षर परेको हुन्छ । तर, नक्कलीमा धागोपछि लेपका रूपमा मात्र राखेको हुनाले यस्तो देखिँदैन । नोटलाई उज्यालोतर्पm फर्काएर हेर्दा सेक्युरिटी थ्रेडमा नेपाल राष्ट्र बैङ्कको अङ्ग्रेजीमा लेखिएको एनआरबी अक्षर स्पष्ट देखिन्छ, जाली नोटमा अक्षर स्पष्ट देखिँदैन ।

७. सक्कली नोटमा रहेको स्टेप फिचर्सलाई उज्यालोमा दायाँबायाँ पार्दा एउटा छुट्टै चहक आउँछ भने जाली नोटमा यस्तो हुँदैन ।८. बैङ्किङ च्यानलमा भने नक्कली नोट पत्ता लगाउने प्रविधिको व्यवस्था छ । यसका लागि सक्कली र जाली नोट सामान्य हिसाबले पत्ता नलागेमा नक्कली नोट पत्ता लगाउन डिटेक्टर मेशिन प्रयोग गर्न सकिन्छ । यसले नक्कली नोट फालिदिन्छ । यस्तै, युवि लाइट र मेग्निफाइङ ग्लास प्रविधिको प्रयोगबाट पनि नोट सक्कली वा नक्कली पत्ता लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *