बानियाँको नाम समाचारमा जोडिएकामा काङ्ग्रेसको आपत्ति

काठमाडौं– नेपाली काङ्ग्रेसले केही सञ्चारमाध्यमले ‘जुवा खालबाट पक्राउ’ सम्बन्धी समाचारमा बिनाआधार पूर्वगृहराज्यमन्त्री एवम पार्टीका नेता इन्द्रबहादुर बानियाँको नाम उल्लेख गरेको भन्दै आपत्ति जनाएको छ ।पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी सत्यतथ्य नबुझी कुनै पनि व्यक्तिको इज्जत प्रतिष्ठामा आँच आउने गरी समाचारमा नाम उल्लेख गर्नु दुःखद् भएको उनले बताए ।

साथै उनले तथ्यमा आधारित भएर समाचार प्रकाशन गर्न आग्रह गरे । प्रवक्ता शर्माले यस्ता घटनाको कानूनी उपचारमा नजाने भए पनि सम्बन्धित व्यक्ति कानूनी उपचारमा जाने विषयलाई भने पार्टीले सकारात्मक रुपमा लिने बताए ।पत्रकार सम्मेलनमा प्रदेश नं ३ को प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएका बानियाँले सत्यतथ्य नबुझी समाचारमा नाम उल्लेख गर्दा आफ्नो चरित्रहत्या गर्ने काम भएको बताए । उक्त समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले कुनै सञ्चारमाध्यमको गल्ती र कमजोरीका कारण सम्पूर्ण सञ्चारजगत्ले नै विश्वास गुमाउने अवस्था सिर्जना हुने बताए ।

नेता बानियाँले उक्त सञ्चारमाध्यमलाई सो गल्ती सच्याउन आग्रह गर्दै अन्य सञ्चारमाध्यमले समेत सत्यतथ्य नबुझी सो समाचार नक्कल गरेकामा दुःख व्यक्त गरे । ‘बैंकिङ पहुँचकै कुरालाई लिने हो भने अहिले पनि मझौला तथा साना व्यावसायीले कर्जामा पहुँच पाएका छैनन्। बिजुलीको विस्तार भएपनि त्यसको गुणस्तरीय आपूर्तिको पाटोमा कमजोर छ। भुक्तानी तथा कर तिर्ने, सामाजिक सुरक्षामा हाम्रा सुझाव कार्यान्वयन गर्दै जाने हो भने यसले वास्तविकरुपमा वातावरण बनाउछ’ उनले भने।

मुद्दा मामिला र सरकारी आदेश तथा निर्देशका कारण पछिल्लो समय उद्योगी व्यावसायीको मनोबल बढ्न नसकेको उनको गुनासो छ।’अर्डर नगरेको डेडिकेटेड लाइनको बिल आएको छ। यो तिर्नैपर्नेगरी व्यवस्था गरिंदै छ। त्यस्तै मुद्दामा जाँदाखेर ५० प्रतिशत धरौटी राख्नुपर्ने व्यवस्था छ। यसले गर्दा मनोबल उठ्दैन’ उनने भने।

यद्यपी अघिल्लो वर्ष सूचक झर्दा अर्थमन्त्रीको आलोचना गरिएको बताउँदै उनले यो पालि उक्लंदा मन्त्रीलाई जस दिइने बताए।अर्थमन्त्री डा युवराज खतिवडाले निजी क्षेत्रले अनुभुति गर्नेगरी सुधारका प्रयास जारी भएको बताए।सरकारले यही सूचकका लागिमात्र काम गर्दैन। जुन सूचकभित्र पर्दैनन् तर व्यावसायीका आवस्यक छन् यस्ता सुधारमा पनि हामि लागेका छौ। सडक, यातायात, बिजुलीको पहुँच जस्ता कुरामा पनि हामि लागेका छौ’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *