प्रहरी कार्यालयमै दुर्गेसले भने, ‘२४ घण्टामा फेरि गीत अपलोड गर्छु’

काठमाण्डौ – मोडल तथा गायक दुर्गेश थापालाई प्रहरीले प’क्राउ गरेको छ । तिहारलाई मध्यनजर गर्दै थापाले निकालेको गीतमा राखिएको शब्द विवादमा तानिए पछि प्रहरीले उनलाई प’क्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमा ण्डौमा उजुरी परेपछि महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले प’क्राउ गरेको हो ।

थापालाई बालाजुबाट निय’न्त्रणमा लिएर अहिले महाशाखामा ल्याइएको माहाशाखा प्रमुख एसएसपी सहकुल बहादुर थापाले जानकारी दिनु भयो । दुर्गेशले तिहारलाई मध्यनजर गर्दै सार्वजनिक गरेको गीतले समाज भ’ड्किलो बनाउने भन्दै उजुरी परेको थियो । महा नगरीय प्रहरी परिसर टेकुमा प्रहरीसँगको छलफल पछि सञ्चार माध्यमसँग प्रतिक्रिया दिँदै गायक थापाले प्रहरी भनेका केही शब्दहरुमा बिप गरेर २४ घण्टा पछि गीत अपलोड गरिने जानकारी दिए ।

दुर्गेसले आफूले गल्ती गरेको पनि स्वीकारेका छन् । उनले भने, ‘मैले गल्ती गरेको हो, अहिलेको युवापुस्तालाई यस्तै गीत मनपर्ने भएकोले यस्तो गीत निकालियो । आ’क्रोशमा आएर कामा गरियो ।’ अरुले पनि यस्ता गीतहरु निकालेका छन् तपाईलाई मात्र किन यस्तो परेको होला भन्ने प्रश्नको जवाफमा उनले अरुको बारेमा कुरा नगरौँ भन्दै आफूले गल्ती गरेको स्वीकारे । साथै उनले आगामी गीतहरुमा सुधारेर काम गर्ने पनि जानकारी दिए ।

उनले प्रहरी परिसरमा छँदै गीत यु’ट्युबबाट हटाएका थिए । प्रहरीले पनि आफूलाई गीत परिमार्जन गरी राख्नको लागि अनुरोध गरेको उनको भनाइ छ । प्रहरीले आफूलाई बि’यर र गाँ’जाको प्रचार गर्न नपाइने भनेकोले २४ घण्टाभित्र पुनः राखिने गीतमा गाँ’जा र बि’यर लगायतका शब्दहरु बिप गर्नुका साथै धु’मपान र म’द्यपान स्वास्थ्यको लागि हानिकारक छ भन्ने सन्देश राखिने उनले बताए ।

२० वर्ष पहिलेको चीन र अहिलेको चीनमा धेरै फरक देख्न सकिन्छ। विश्व शक्ति सन्तुलनमा उसको उपस्थिति दिनानुदिन बलियो बन्दै गएको छ। उसको अर्थतन्त्रको प्रभाव अहिले अफ्रिकासम्मै फैलिइसकेको छ। क्रमिक आर्थिक छलाङसँगै बीआरआईको महत्वाकांक्षी परियोजना सफल बनाउन उसले धेरैभन्दा धेरै राष्ट्रलाई विश्वासमा लिँदै आक्रामक रूपले अघि बढेको छ। हामीले बीआरआईमा सहभागी हुने प्रतिबद्धता जनाइसकेको अवस्थामा अब नेपाल-चीनको सम्बन्ध केवल तिब्बतको संवेदनशीलतासँग मात्रै जोडेर हेर्ने खालको हुनु हुँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *