कतारमा कामदारहरुको कल्याण क्षेत्रमा उद्धमीको राम्रो प्रगति

दोहा- ब्याबसाहिक क्षेत्रमा केहि गरौ भन्ने सोचका साथ सन् २००४ मा नया सोच र योजना सहित कतारमा भित्रिएका नेपाली युवा राजेन्द्र कुमार शर्मा( आर के शर्मा )धृष्टता साथ लगाब र मेहनत गर्दै ईन्जिनियरिङ कम्पनी स्थापना गरेका थिए ।ब्याबसायिक निरन्तरता सगै उनले सन् २०१६ मे सम्म आइपुग्दा सम्म पिजन इन्जिनियरिङ्ग ले AL BAYT, AL RAYYAN, AL THUMAMA / EDUCATION CITY STADIUM लगायत सन् २०२२ को कतार स्थित हुने फिफा विश्वकपको डेलिबरी र लेगेसिका लागि सर्वोच्च कमिटिको (sc) मातहतमा सहायक ठेकेदारको रुपमा नियुक्त लिन सफल भएका थिए ।

शर्माका अनुसार, हामी यस मेनपावर क्षेत्रमा धेरै लामो समयदेखी कार्यरत रहेको र कतार स्थित श्रमिक कामदारको कल्याणमा भएको स्थिर प्रगति र विकासको प्रत्यक्षदर्शी भएका छौं ।फिफा विश्वकप २०२२ का लागि कतारले मुख्यगरि कामदारको अधिकार र सबै भन्दा महत्वपूर्ण श्रमिक कामदारहरुको कल्याणको विकास कल्याणको स्तरलाई पालना गर्न विशेषरुपमा ध्यान दिएको छ । सोही अनुरुप

हालसम्मकै शहरी परिदृष्य र नयाँ युगका कामदारको विकास कल्याणको उल्लेखनिय परिवर्तनको साक्षि पिजन इन्जिनियरिङ्ग भएको छ। कतारमा सर्वोच्च कमिटिका श्रमिक कामदारहरुको विकास कल्याणको स्तर(मापदण्ड) धेरै कडा रहेको छ र त्यसलाई कायम राख्न हामिले धेरै मेहेनत गरेका छौं । हामीलाई थाहा छ सो मापदण्ड पालना गर्न हामिले आफुलाई र श्रमीक कामदारहरुको जीवनलाई सुधार गरिरहेको शर्माले बताए ।

पिजन इन्जिनियरिङले सर्वोच्च कमिटिको श्रमिक कामदारको विकासको मापदण्ड कार्यान्वयन गरेकोले परिणाम स्वरुप नैतिक रुपमा कामदारको जनजीवनमा ठुलो परिवर्तन गरेको छ ।विश्वका लाखौ कामदारहरु अनैतिक रुपमा लिने भर्ना शुल्कको व्यापक अभ्यासका कारण पिडीत भईरहेका छन् जुन कतारको कानुन बमोजीम अवैध र डब्ल्यु डब्ल्यु स्ट्यानडर्ड का अनुसार निषेधित रहेको छ । पिजन इन्जिनियरिङले सर्वोच्च कमिटिको (कअ) भर्नाशुल्क पुर्नभुक्तान योजनालाई सहजै अपनाएको तथा कमिटि संग संलग्न तथा असंलग्न कामदारहरुलाई २,५०० हाराहारीमा भुक्तानी गर्ने प्रतिबद्धता जनाएको छ ।

सर्वोच्च कमिटिको बाह्य मनिटर इम्प्याक्ट लि. ले सञ्चालन गरेको नैतिक रुपमा गरेको कामदारको दरको परिक्षणको नयाँ तथ्याँक अनुसार , सर्वोच्च कमिटिले निर्धारित गरेको मापदण्ड कार्यान्वयनमा पदर्शन गरेको प्रतिबद्धताका कारण कम्पनिले ९८% अंक प्राप्त गरेको छ । शर्मा, कामदारहरुको विकास कल्याणको मुख्य स्रोतको रुपमा उनिहरुको जागरुकता , संलग्नता र तालिम रहेको विश्वास गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *