विवादित गीतका गायक दुर्गेश थापा पक्रा’उ

काठमाडौं । गायक दुर्गेश थापा पक्रा’उ परेका छन् । महानगरीय अ’पराध महाशाखाको टोलीले काठमाडौंको गोंगबुबाट पक्रा’उ गरेको हो । महानगरीय अप’राध महाशाखाका एसएसपी सहकुल थापाले ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको विवादित गीतका विषयमा परेको उ’जुरीका आधारमा थापालाई प’क्राउ गरिएको बताए ।

थापाले भने, ‘‘सामाजिक मूल्य मान्यता विप’रीत गीत गाएर समाजलाई ग’लत सन्देश दिने काम कानुन विरीत हो । त्यसैले उनलाई नियन्त्रणमा लिएका छौं ।’’ उनको ‘ह्याप्पी तिहार चिसो बि’यर’ बोलको गीतमा बि’यरसँगै गाँ’जा सेवनलाई पनि प्रोत्साहन गर्ने शब्द समेटिएपछि उनको गीतको चर्को आलोचना हुँदै आएको छ ।

काठमाण्डौ , दसैँको छेको पारेर गत असोज २४ गते रिलिज भएको फिल्म ‘छ माया छपक्कै’ले प्रदर्शनको दोस्रो साता पनि राम्रो ब्यवसाय गर्न सफल भएको छ। फिल्मले प्रदर्शनको पहिलो साता झै दोस्रो साता पनि राम्रो व्यवसाय गरिरहेको निर्माता रोहित अधिकारीको भनाइ छ।फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्टलगायतको अभिनय रहेको छ । निर्देशक लामाकै कथा रहेको फिल्म ‘आमा सरस्वती मूभिज’, ‘रोहित अधिकारी फिल्मस्’ र ‘र्आइएमई’को संयुक्त ब्यानरमा निर्माण भएको हो।

‘फिल्मले गत शनिबार पहिलो साताझै देशभरका हलमा हाउसफलुको ब्यवसाय गर्यो’ अधिकारीले भने ‘अहिले पनि सबै चलचित्र भवनमा दर्शक राम्रो देखिएका छन् ।’ दर्शकको उपस्थिति अनुपात बढ्दो क्रममा भएकाले फिल्मले अझै केही साता राम्रो व्यवसाय गर्ने अधिकारीले बताए।प्रदर्शनको दुई दिन अर्थात २४ र २५ असोजमै तीन करोडको व्यवसाय गर्न सफल फिल्मले अहिलेसम्म दश करोडको व्यवसाय गरेको निर्माता अधिकारीले दाबी गरे । उनले थपे ‘पूरै डाटा आउन बाँकी छ । केही थपघट हुनसक्छ । राजनैतिक विषयलाई हाँस्यरसमा ढालेर निर्माण भएको फिल्मको विषयवस्तु समीक्षकले समेत तारिफ गरेका छन्।

फिल्मको समीक्षा आएपछि झन् फिल्मको दर्शक बढेको निर्देशक दीपेन्द्र लामाले बताए । ‘फिल्मको समीक्षाले अन्य फिल्मको दर्शक घटाउछ । हाम्रो बढाएको छ’ लामाले भने , ‘फिल्म हेर्न नहेर्ने निणर्यका लागि दर्शक समीक्षा पनि कुर्दा रहेछन् ।’ मिडियामा सकारात्मक समीक्षा आएपछि हलमा दर्शक बढेको लामोको भनाइ रहेको छ।यस बर्षको प्रतिक्षित चलचित्र ‘छ माया छपक्कै’ यही शुक्रबारबाट रिलिज हुदा तीन दिनमा ५ करोड ग्रस कलेक्सन भएको छ । दशैंको अन्त्यतिर चलचित्र रिलिजसंगै यतिबेला व्यापारिक रिपोर्टको चर्चा भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *