विकास र समृद्धिमा सरकार निरन्तर अगाडि बढ्दैछ : प्रचण्ड

भक्तपुर, १० कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई बदनाम गराउन खोज्ने तत्वहरुलाई चिर्दै सरकार विकास र समृद्धिमा निरन्तर अगाडि बढ्ने बताए ।आज नेवाः मुक्ति मोर्चा नेपालले आयोजना गरेको मध्यपुरथिमिस्थित शङ्खधर साख्वाः को शालिकमा माल्यापर्ण एवंं शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने , “अहिले नेकपालाई र वर्तमान सरकारलाई बदनाम गराउने र विवाद उत्पन्न गराउने तत्व सक्रिय भइरहेका छन्, त्यस्ता तत्वलाई चिर्दै पार्टी र सरकार निरन्तर देशको विकास र समृद्धिमा लागिरहने छ ।”

उनले सरकार पटक–पटक फेरिने प्रक्रियाको अब अन्त्य हुने चर्चा गर्दै मुलुक राजनीतिक स्थायित्वका साथै विकास र समृद्धिमा अगाडि बढेको भनाइ राखे । उनले सामाजिक न्याय स्थापना गर्ने अभियानमा सरकार सक्रिय रहेको चर्चा गर्दै सामाजिक रूपान्तरण हुने प्रक्रिया अगाडि बढिरहेको बताए ।

अध्यक्ष प्रचण्डले नेपाल संंवत्लाई नेवारहरुको मात्र संवत् हो भन्ने सन्देश दिएर अगाडि जान नहुनेमा सचेत गराउँदै यसलाई साझा संंवत्का रूपमा लैजानुपर्ने औल्याए । आफू प्रधानमन्त्री हुँदा नेपाल संवत्लाई राष्ट्रिय संवत्को रूपमा घोषणा गरेको तर व्यवहारमा अझै प्रभावकारी नभएको भनाइ राख्दै अध्यक्ष प्रचण्डले शङ्खधर साख्वाःबाट प्रेरित भई आफू प्रधानमन्त्री हुँदा किसानको रु ३० हजारको ऋण मिनाहा गरिदिएको बताए ।

फरक प्रसंगमा सांसद बस्नेतले प्रधानमन्त्रीले मन्त्रीमण्डल मात्र हैन समग्र सरकारी संरचनामा रिभ्यू गर्नखोज्दै हुनुहुन्छ । हाम्रो बुवाले पहिला के भन्नुहुन्थ्यो भने नी; भात खाने बेला बेलूका झगडा पर्यो भने “भकारी भर न पाथी पाथी खाउला नी, भकारी चुईह्याएर के खान पाउँछौं मानो पनि खान पाउँदैनौ” भनेजस्तो भकारीमा मुसो लगाएर कसैको पनि पालो आउँदैन भकारी भरीयो भने पाथी पाथी खान पाईन्छ ।

भन्न खोजेको मतलब नेपाल कम्यूनिष्ट पार्टिको अहिलेको सरकारलाई सफल बनाएर लोकप्रिय बनायो भने अर्को २० औं ३० औं वर्ष नेकपाको भाग आउँछ । मलाई लाग्छ वर्तमान प्रधानमन्त्रीको स्वास्थ्यको कारणले, वहाँको चाहनाको कारणले अथवा वहाँ स्वयंमले भनी सक्नुभएको छ, “केपी ओली एउटै कक्षा दोहोर्याएर पढ्ने व्यक्ति हैन” त्यसो भन्दा खेरी प्रचण्डको पनि पालो आउँछ, माधवको पनि पालो आउँछ वामदेवको पनि पालो आउँछ स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *