पुरानो नोटको मूल्य लाखौं, यसरी बेचन सकिन्छ:

काठमाडौंं : इन्टरनेटको दुंँनियामा खरिद विक्रीको प्रख्यात वेब साइटहरु हुन् eBay, OLX र quikr । यी वेबसाइटबाट जे पनि बेच्न र किन्न सकिन्छ । केहि वर्षदेखि, विदेशमा पुराना नोटहरु बिक्रि गर्ने चलन थियो । यो आजभोली नेपालमा पनि त्यतिकै मजाले चल्न थालेको छ । पुराना राणा शासनमा काटिएका नोटको मूल्य लाखौं पर्ने बताइएको छ ।

तपाईसंँग पनि नेपाली पुरानो नोट छ भने यसरि बिक्रि गर्न सक्नु हुन्छ : eBay को एउटा खाता खोल्नुहोस् । आफूसंँग भएको पुरानो नोटको एउटा ठुलो साइजमा क्लियर फोटो खिच्नुहोस् । नोटको विविरण, सिरियल नम्बर, कुन जमाना छापिएको सबै उल्लेख गर्नुहोस् । तपाईले खिचेको नोटको सफा फोटो लाइ ebay को वेबसाइटमा अपलोड गर्नुहोस् । आफूले कति सम्ममा कसैले किन्न आए दिने ? मुल्य खुलाउनु आवश्यक छ । eBay को वेबसाइटमा नक्कली नोट अपलोड गर्न पाइदैन ।

यदि तपाइलाई नेपाली नोट बिक्रि हुदैनन भन्ने लाग्छ भने eBay को वेबसाइटमै गएर हेर्न सक्नु हुन्छ । त्यहाँ ५ डलर देखि १०० डलर सम्मका नेपाली नोट अपलोड गरिएका छन् ।तपाईसंँग भएको नोटको जुन मार्केट भ्यालु छ त्यो भन्दा १० गुणा धेरै पुरानो नोट बेचेर कमाउन सकिन्छ । प्राय जसो चिनियांँ, इन्डियन, अमेरिकी लगाएत विश्वका विभिन्न देशबाट नोट खरिद गर्छन ।

बगदाद : इराकमा सरकार विरोधी प्रदर्शनमा झडप हुँदा ४२ जनाको मृत्यु भइसकेको छ । सरकारको विरोध गर्दै बगदाद र अन्य केही सहरमा प्रदर्शन जारी छ । मानवअधिकार आयोग र अनुगमनकर्ताहरुका अनुसार प्रहरीले प्रदर्शनकारीमाथि दमन गरेको छ । प्रहरीले पदर्शनकारीलाई ताकेर टियर ग्यास, रबर गोली प्रहार गरेको छ । सरकारको भ्रष्टाचार, बेरोजगारी जस्ता समस्या उठाउँदै सुरु भएको आन्दोलन तेस्रो सातासम्म जारी छ ।

लण्डन : पछिल्लो समय बेलायतको राजनीतिक गतिरोधसँगै यहाँको राजपरिवारमा पनि किचलो सुरु भएको छ । आपसी मतभेद् अब अलग बस्नेसम्म पुगेको छ । राजकुमार ह्यारी र उनकी पत्नी मेघन मार्केल देश नै छाडेर दक्षिण अफ्रिका जाने तयारी गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।हालै आईटिभीले ह्यारीबारे बनाएको डकुमेन्ट्रीबाट पनि परिवारभित्रको विवाद बाहिरियो । यस्तैमा बेलायती महारानी एलिजाबेथले ह्यारी र मेघनको तस्बिर आफ्नो कोठाबाट झिकेकी छन् ।

२०१८ मा मात्रै ‘हेलो म्यागजिन’ले प्रकाशित गरेको समाचारमा एलिजाबेथको कोठामा ह्यारी र मेघनको तस्बिर थियो । पछिल्लो समय भने त्यो तस्बिर त्यो कोठाबाटै हटाइएको छ । एलिजाबेथको यस्तो निर्णयलाई लिएर धेरैले पारिवारिक मतभेद्सँग जोडेर टिप्पणी गरेका छन् । त्यसो त, राजपरिवारबारे मेघनको टिप्पणीप्रति एलिजाबेथ असन्तुष्ट थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *