नेपालभित्र व्यावसायिक वातावरणमा सुधार

काठमाडौँ । नेपालभित्र व्यावसायिक गतिविधि सञ्चालनको वातावरणमा गत वर्षभन्दा निकै सुधार भएको छ । विश्व बैङ्कले बिहीबार सार्वजनिक गरेको ‘डुइङ बिजनेस प्रतिवेदन २०२०’मा नेपाल १९० देशमध्ये १६ स्थानले सुधार गर्दै यस वर्ष ९४औँ स्थानमा पर्न सफल भएको छ ।सन् २०१९ को सुरुआतमा नेपाल ११०औँ स्थानमा थियो । अर्थतन्त्रका केही महìवपूर्ण सूचकमा भएको सुधारले नेपाल पहिलोपटक सय देशको सूचीभित्र समावेश भएको हो । डुइङ बिजनेसको तथ्य पत्ता लगाउन विश्व बैङ्कले विभिन्न १० वटा सूचकलाई आधार मानेर त्यसैअनुसार छुट्टाछुट्टै रूपमा देशको स्थिति निर्धारण गरेको छ ।

१० सूचकमध्ये ऋण प्राप्ति र अन्तरदेशीय व्यापार, साना लगानीकर्ताको सुरक्षा, समस्याको समाधानमा नेपालको अवस्था राम्रो छ । ऋण प्राप्तिमा नेपाल ३७औँ, अन्तरदेशीय व्यापारमा ६०औँ, साना लगानीकर्ताको सुरक्षामा ७९औँ र समस्या समाधानमा ८७औँ स्थानमा छ । व्यवसाय सुरु गर्ने सूचकमा नेपाल १३५औँ स्थानमा छ । प्रतिवेदनअनुसार नेपालमा कुनै नयाँ व्यवसाय सुरु गर्न २२.५ दिन लाग्छ ।

त्यस्तै निर्माण अनुमतिको प्रक्रियामा नेपालले १०७औँ स्थान प्राप्त गरेको छ । औसतमा ११८ दिनमा बल्ल निर्माणको अनुमति पाउने प्रतिवेदनमा उल्लेख छ । विद्युत्को नियमित आपूर्ति भइरहे पनि व्यवसाय सञ्चालनका लागि विद्युत् प्राप्तिको अवस्थामा भने नेपाल १३५औँ स्थानमा छ । विद्युत् प्राप्तिका लागि ४९ दिन लाग्ने उल्लेख छ ।गोरखापत्रमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *