दिनभरि फुर्तिलो रहनलाई यी खानेकुरा खानुस्

आजकलको व्यस्त जिन्दगीमा काम गर्नका लागि अत्यधिक ऊर्जा चाहिन्छ । तर केही मानिस अलिकति काम गर्नेबित्तिकै थाक्छन् । अनि दिनभरि काम गरेपछि व्यक्तिको स्टामिना एकदमै कमजोर हुँदै जान्छ । स्टामिना बढाउनका लागि भोजनमा कार्बोहाइड्रेट्स, भिटामिन सी, प्रोटीन र आइरनको मात्रा भरपूर हुनुपर्छ । यहाँ हामी केही खानेकुराका बारेमा कुरा गर्दैछौं जसको सहायताले तपाईं शरीरमा आवश्यक तत्त्वको कमी पूरा गरेर स्टामिना बूस्ट गर्न सक्नुहुन्छ ।

बदाम क्याल्सियम, फाइबर, प्रोटीन र पोटेसियमले भरपूर बदाम दिनदिनै सेवन गर्दा स्मरणशक्ति बढ्छ । यसबाहेक खाली पेटमा भिजाएको सातआठवटा बदाम खाँदा दिनभरि शरीरलाई ऊर्जा मिल्छ । मुँगको दालमुँगको दाल उमालेर वा अंकुरित गरेर खाँदा पनि स्टामिना बूस्ट हुन्छ । भिटामिन सी र बीले भरपूर मुँगको दाल सेवन गर्दा स्वास्थ्य गजबको हुन्छ ।

चुकन्दर रस दिनदिनै चुकन्दरको रस पिउँदा मांसपेशीहरू बलिया हुन्छन् अनि शरीरलाई ऊर्जा पुग्छ । अंकुरित चना बिहान नियमित रूपमा खाली पेट अंकुरित चना खाँदा दिनभरि शरीरमा ऊर्जा रहन्छ । तीस ग्राम टुसा पलाएको चना खाँदा शरीरमा प्रोटीन, भिटामिन र पोषक तत्त्वको कमी पूरा भएर स्टामिना बढ्छ । दाल दिनभरि आफूलाई ऊर्जाशील राख्न चाहनुहुन्छ भने बिहानै दाल खाने गर्नुस् । यसले तपाईंलाई ऊर्जाशील बनाउनुका साथै पेटको रोगबाट पनि मुक्ति दिलाउँछ ।

पालुंगो स्टामिना बढाउनका लागि पालुंगोको सूप, जुस वा सागपात सेवन गर्नु सबभन्दा राम्रो विकल्प हो । दिनबाट एकचोटि पालुंगोको सूप वा जुस पिउँदा घन्टौंसम्म ऊर्जा पाइन्छ । केरा बिहान एउटा केरा खाँदा रोगप्रतिरोधक क्षमता बढ्छ र शरीरलाई ऊर्जा प्राप्त हुन्छ । यसबाहेक दिनमा सुस्तता आयो वा लो फील हुँदा जम्मा एउटा केरा खानुस् । सुस्तता भाग्छ ।एजेन्सी

गत मंगलबार जिल्ला अध्यक्ष रविन्द्रराज शर्मा, सचिव प्रेमबहादुर कटुवाल र केही प्रदेश र जिल्ला कमिटी सदस्यको उपस्थितीमा दुई प्रतिनिधिसभा, चार प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी, ११ स्थानीय तह तथा ९० वडा कमिटी घोषणा भएको थियो। केही नेताले व्यक्तिगत स्वार्थमा कमिटी गठन गरेको भन्दै असन्तुष्ट पक्ष विरोधमा उत्रिएको हो।

पार्टी केन्द्रको नीति र निर्देशन विपरीत जिल्ला अध्यक्ष र सचिवले एकता प्रक्रिया एकलौटी गरेको प्रदेश कमिटी सदस्य पार्वतीकुमारी विशुन्केको आरोप छ। ‘पार्टीका जिल्ला इन्चार्ज लक्ष्मीप्रसाद पोखरेल, सह–इन्चार्ज राजबहादुर बुढा, प्रदेश कमिटी सदस्यहरुसँग कुनै पनि छलफल नगरी घोेषणा गरिएको कमिटी मान्य हुँदैन्,’ उनले भनिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *