जनतालाई गर्मीबाट बचाउन कतारको पूरै सहरमा एसी जडान !

काठमाडौं। विश्वमा हुने अनेक घटनाले दुनियाँलाई नै चकित बनाएकाे हामी सुन्दै आएका छौँ । तर विश्वसै लाग्न नसक्ने ती घटनाले मानव जीवनमा नयाँ आयम थप्न सहज बनाएको छ । सोही क्रममा कतारले मानव जीवनलाई सहज बनाउनका लागि नयाँ तरिका अपनाएको छ । जुन हामीले कल्पना गरेभन्दा धेरै फरक रहेको छ ।कतारले अपनाएको नयाँ तरिका सुन्दा हामी एक छिन सोच्न बाध्य हुनेछौँ । यस्तो के भने कतारमा सहन नसक्ने गर्मी बढेपछि कतारी सरकारले जनतालाई बचाउन नयाँ तरिका अपनाएको छ ।

उसले जनतालाई गर्मीबाट बचाउनका लागि पूरै सहरमा एसी जडान गरेको छ । राजधानी दोहाको सार्वजनिक स्थान तथा बजार क्षेत्रमा सरकारले एसी जडान गरेको हो । यसका साथै जनताले आफूलाई आवश्यक पर्ने तापमान नियन्त्रण गर्नका लागि सडकमा कोडिङ नम्बरकाे व्यवस्था गरेको छ ।अहिले कतारकाे राजधानी दोहाको ४६ डिग्री सेन्टिग्रेड रहेको छ । जसले गर्दा घर तथा व्यापारिक भवनमा एसी जडान गरिएको छ । तर सडक र सहरमा हिड्ने जनताका लागि समस्या भएकाले सरकारले पूरै राजधानीमा एसी जडान गरेकाे छ ।

जसकाे मुख्य उद्देश्य घर बाहिर भएका जनताले अधिक तापक्रममा हिड्न नपरुन भन्ने रहेकाे सरकारले जानकारी दिएको समाचारमा जनाइएको छ ।सरकारले जनताका लागि सहज बनाउन पूरै सहरमा एसी जडान गरे पनि नयाँ बहस हुन थालेको छ । सार्व जनिकमा नै सयाैँ एसी जडान गर्दा कार्बन उत्सर्जन भएर विश्व तापमानमा असर हुनेबारे बहस हुन थालेको हो । एजेन्सी

पञ्चाङ्ग निर्णायक समितिको निर्णय अनुसार तिहारमा सरकारले कात्तिक १०, ११ र १२ गते मात्र विदा दिने निर्णय गरेपछि संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश ३ का सांसदहरु डा. अजयक्रान्ति शाक्य, राजेश शाक्य, काठमाडौँ महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनिकाजी महर्जनलगायतको टोलीले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर १३ कात्तिक मा पनि विदा दिन आग्रह गरेको थियो । भेटमा प्रधानमन्त्री केपी ओली सकारात्मक बनेका छन् ।

‘वडादशैँ, दिपावली जस्ता महान पर्वको आ–आफ्नै खालको संस्कृति र परम्परा रहिआएको छ,’ प्रधानमन्त्री ओलीसँग भेट गरेर फर्किएका सांसद श्रेष्ठले भने, ‘हामीले आज प्रधानमन्त्रीज्युलाई पञ्चाङ्ग समितिले घडी, पला मिलाएर विजया दशमी, भाइटिकालगायतका चाड–पर्वको साईत निकाल्दा नेवाः समूदायको मौलिक संस्कृति र परम्परालाई असर गर्ने गरेको छ । त्यसैले भाइटिका (किजापूजा) पनि त्यस्तै हुने भयो । कात्तिक १३ मा पनि विदा चाहिन्छ भन्ने जानकारी गरायौँ । उहाँ सकारात्मक हुनुभयो ।’

प्रधानमन्त्री ओलीले सरकारी क्यालेण्डर अनुसार १३ कात्तिकमा विदा उल्लेख नभएकाले यसलाई मन्त्रिपरिषद्बाटै निर्णय गर्ने आश्वासन दिएको श्रेष्ठले जानकारी दिए । प्रदेश सांसद डा शाक्यका अनुसार ‘नेवाः समूदायको परम्परा अनुसार अहिले १२ कात्तिकमा भाइटिका मान्नै नसकिने भएकाले विदाका विषयमा पुनर्विचार गर्ने प्रधानमन्त्रीसँग आग्रह गरिएको र प्रधानमन्त्रीले ढुक्क हुन भनेको जानकारी दिए । शाक्यका अनुसार नेवाः समूदायको परम्परा अनुसार नेपाल सम्वतको नयाँ वर्ष ११४० कात्तिक १२ गते सूर्योदयसँगै मनाउने र बेलुका म्हपुजा गर्ने चलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *